|

सल्यान : बनगाड कुपिन्डे नगरपालिका–३ बाँझकोटकी ३८ वर्षीया तिला विकको उपचारका लागि आर्थिक समस्या भएपछि भारतको अहमदाबादस्थित एक अस्पतालमा छटपटाइरहेकी छन्।

नेपालमा रोग पत्ता नलागेपछि भारतमा ज्याला मजदुरी गरी उपचार गर्न श्रीमान पदम विकसँग तिला भारत पुगेकी थिइन्। उनको भारतमा पाठेघरको अपरेसन भयो। एक सातापछि कोठामा पुगेकी तिलालाई दुई सातापछि पुनः पेटमा समस्या देखियो। अस्पतालमा जाँच गराउँदा पेटमा पानी जमेको डाक्टरले बताएको उनका श्रीमान पदमले बताए।

तिलालाई सहयोग गर्न चाहने सहयोगी हातहरुले आफ्नो भाररतीय मोबाइल नम्बर ७४८७९५९७८४ मा सम्पर्क गर्न सक्ने भन्दै पदमले सहयोगको याचना गरेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.