|

काठमाडौं :  दुई शिर्ष इंग्लिस क्लब म्यानचेस्टर सिटी र लिभरपुलले लिग कप अन्तर्गत मंगलबार भएको खेलमा सहज जित हासिल गरेका छन्। सिटीले वेकोम माथि ६-१ तथा लिभरपुलले नर्विच सिटीलाई ३-० ले हराउँदै प्रि क्वाटरफाइनलमा स्थान बनाए।

सिटीको जितमा रियाद महारेजले दुई गोल गरे। यद्यपि खेलको २२ औं मिनेटमा हलानको गोलमा वेकोमले अग्रता लिएको थियो। त्यसको सात मिनेटपछि केभिन डि ब्रुयनाले गोल गर्दै सिटीलाई बराबरीमा ल्याए। पहिलो हाफमानै फराकिलो अग्रता बनाउने क्रममा महारेजले ४३ औ मिनेटमा गोल गरे। भने इन्जुरीको समय फिल फोडिनले गोल गरेपछि सिटी पहिलो हाफमा ३-१ को अग्रता बनायो।

दोस्रो हाफमा पनि सिटीले आफ्नो रवाफिलो प्रदर्शन जारी राख्यो। ७८ औं मिनेटमा फेरान टोरेसले सिटीलाई ४-१ को अबस्थामा पुर्‍याए। ८१ औं मिनेटमा महारेजले बललाई जाली चुमाउँदै सिटीलाई पाँच गोलको अबस्थामा पुर्‍याए। खेल सकिन दुई मिनेट बाँकी हुँदा पाल्मरले गरेको गोलसँगै सिटीले ६-१ ले खेल आफ्नो पक्षमा पार्‍यो।

त्यस्तै अर्को इंग्लिस क्लब लिभरपुलले पनि प्रभावशालि जित निकाल्यो। डिभोक ओरिगी र ताकोमी मिनामिनो लिभरपुलका लागि महत्वपुर्ण रहे। अन्तिम १६ मा स्थान बनाउने क्रममा लिभरपुलले चौथो मिनेटमा नै मिनोमिनोको गोलमार्फत खेलमा अग्रता लियो।

४२ औं मिनेटमा नर्विचले खेलमा फर्कने अवसर पाएपनि त्यसको सदुपयोग गर्न सकेन। क्रिस्टोस जोलिसले पेनाल्टीको अवसर गुमाउँदा नर्विच खेलमा फर्कन सकेन। ५० औं मिनेटमा ओरिगीले लिभरपुलको अग्रता दोब्बर पारेका थिए। खेल सकिन १० मिनेट बाँकी हुँदा मिनामिनोले व्यत्तिगत दोस्रो गोलका साथ लिभरपुलको अन्तिम १६ यात्रा पक्का गरेको थियो।

लिग कप अन्तर्गत मंगलबार भएका अन्य खेलमा एभर्टनले क्विन्स रेन्जर्स पार्कलाई टाइब्रेकरमा ८-७ ले हराउँदै प्रि क्वाटरफाइनलमा स्थान बनाउँदा लिड्स युनाइटेडले पनि पेनाल्टी सुटआउटमा फुलह्यामलाई ६-५ ले पाखा लगायो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.