|
फाइल फोटो

काठमाडौं : भारतबाट आएको न्यून चापीय क्षेत्र र नेपालमै उत्पन्न स्थानीय वायुको प्रभावको कारण शुक्रबारसम्म देशभर वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यद्यपि‚ मनसुन बाहिरीने क्रममा रहेकाले भीष० वर्षाको सम्भावना कम रहेको बताइएको छ।

मौसमविद् समिर श्रेष्ठका अनुसार बुधबार बिहान गण्डकी र बागमती प्रदेशका विभिन्न स्थानमा हल्का वर्षा भइरहेको छ। दिउँसो प्रदेश १‚ प्रदेश २ र कर्णाली प्रदेशबाहेक सबै स्थानमा मेघगर्जनसहित हल्का पानी पर्ने महाशाखाले जनाएको छ। यस्ते‚ काठमाडौं उपत्यकामा पनि हल्का पानी पर्ने मौसमविद् श्रेष्ठले बताइ।

काठमाडौं उपत्यकामा बिहानैदेखि मौसम बदली भई केही स्थानमा फाटफुट वर्षा भएको छ। मंगलबार राति गुल्मी, चितवन, स्याङजा, सुनसरी, मकवानपुरमा धेरै पानी परेको थियो। पछिल्लो १२ घण्टामा काठमाडौं उपत्यकामा १९ मिलीमिटर वर्षा मापन भएको महाशाखाले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.