|

इलाम : नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता एवम पूर्व-प्रधानमन्त्री झलनाथ खनालले नवौँ महाधिवेशनपछि एमालेलाई केपी ओली नेतृत्वले दक्षिणपन्थी भासतर्फ धकेलेको बताएका छन्।

उनले साहना प्रधानलगायतको योगदानबाट बनेको पार्टीलाई केपी ओलीले क्रान्तिकारी कार्यदिशालाई परित्याग गरेर दक्षिणपन्थी र गुटवादको दिशातर्फ धकेलेको आरोप लगाए।

सहाना प्रधानको सातौँ स्मृति दिवसको अवसरमा भर्चुअल सम्बोधन गर्दै खनालले एमालेलाई व्यक्तिवादतर्फ धकेल्दा पार्टीको विकासक्रम सबै क्षेत्रमा रोकिएको बताए।

शीर्ष नेता र कार्यकर्ताहरूमा पदलोलुलुपता र भ्रष्टचारको भावना फैलिँदै गएपछि एमालेको चरित्र बदलिन थालेको खनालले बताए। उनले पार्टी रूपान्तरण र पुनर्निर्माणका लागि प्रयत्न चलाए पनि ओलीको गुट हावी हुँदा सम्भव नभएकाले विद्रोह गरिएको उल्लेख गरे।

‘ कतिपयले हाम्रो विद्रोहलाई विभाजन र विनासको रूपमा चित्रित गरेका छन् तर हामीले गरेको विद्रोह अग्र गति र पुनर्निर्माणका साथै अग्रदिशामा बढाउने ऐतिहासिक कदम हो’ खनालले भने, ‘ नेकपा एकीकृत समाजवादी नेकपाको सच्चा उत्तराधिकारी पार्टी हो र नेकपा एमालेको पनि सच्चा उत्तराधिकारी’ खनालले नेपाली कम्युनिष्ट आन्दोलनका घटकहरू रूपान्तरण हुँदै जानुपर्ने बताउँदै बलियो पार्टी निर्माणमा दृढतापूर्वक लाग्न आग्रह गरे।

‘हामीले शक्तिशाली पार्टी निर्माण गरेर देशको कम्युनिष्ट आन्दोलन अघि बढाउँदै कमरेड सहानाप्रति श्रद्धाञ्जली व्यक्त गर्न सक्छौँ’ उनले भने,

‘०६२-६३ को जनक्रान्तिपछि नयाँ परिस्थितिमा प्रवेश गरेका छौँ। जनवादी क्रान्तिपछि समाजवादी क्रान्तिको नयाँ युगमा प्रवेश गरेका छौ  यसको ठिक ढंगले विश्लेषण गर्नुपर्छ।’

अहिलेको समाज अर्ध उपनिवेश र सामन्ती समाज नभएको उल्लेख गर्दै खनालले पुँजीवादी समाज भएको बताए। उनले पुँजीवादी समाजवादमा रुपान्तरण गर्न मार्क्सवाद, लेनिनवादलाई अनुशरण गर्दै त्यसको आधारमा विश्लेषण गरेर समाजवादी लक्ष्यतर्फ अघि बढ्नुपर्ने उल्लेख गरे। खनालले लक्ष्य प्राप्ति गर्न नीति, सिद्धान्त, कार्यशैली र ढाँचा बनाउनुपर्ने भएकाले अहिले त्यसैमा काम गरिरहेको उल्लेख गरे।

‘ स्वाभाविक रुपमा नयाँ पार्टी निर्माण नयाँ चिन्तन, कार्यदिशा र पहलका साथ अघि बढे मात्र कम्युनिष्ट आन्दोलन बलियो जगमा स्थापित हुन्छ’ खनालले भने

सहाना प्रधानलाई स्मरण गर्दै खनालले देशको कम्युनिष्ट लोकतान्त्रिक र महिला मुक्ति आन्दोलनमा शीर्ष नेता रहेको उल्लेख गरे। खनालले निरंकुश जहानीयाँ राणा शासनकालबाट संघर्षशील अगुवाको रुपमा अघि बढेकी साहना ००७ सालपछि राजतन्त्रको षड्यन्त्रविरुद्ध मात्र नभई ०१७ सालपछिको ३० बर्ष पञ्चायती शासनकालमा समेत प्राज्ञिक र राजनीतिक रुपमा संघर्ष गरेको स्मरण गरे। उनले २०४६ सालको जनआन्दोलनमा बाममोर्चाको नेतृत्व गरेकी सहानाले त्यसपछि नयाँ संविधान र निर्वाचनको लागि महत्वपुर्ण भूमिका खेलको स्मरण गरे।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.