|

बैतडी : बैतडीस्थित महाकाली नदीमा बगेर बेपत्ता दार्चुलाको लेकम गाउँपालिका-३ का २७ वर्षीय टीकाराम टमाटाको खोजीमा सुरक्षाकर्मी परिचालन गरिएको छ।

गत आइतबार दिउँसो टीकाराम झुलाघाटबाट सामान किनेर घर फर्किरहेका बेला झुलाघाटबाट एक किलोमिटर उत्तरको बाटोबाट महाकाली नदी खसेर बेपत्ता भएका थिए। भएका युवकको अवस्था अझै अज्ञात रहेको छ। उनको खोजीका लागि झुलाघाटमा रहेको सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले बताए।

उनी कसरी महाकालीमा खसे भन्ने खुलेको छैन। आइतबार दिउँसो एक्लै घर फर्किरहेका टीकाराम साँघुरो बाटो भएका कारण लडेर महाकालीमा बेपत्ता भएको अनुमान प्रहरीको रहेको छ।   

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.