|

काठमाडौंः आकांक्षा कार्कीको निर्देशन रहेको नाटक 'हरेक बबाल कुरा' फेरि मञ्चन हुने भएको छ। भदौ २५ देखि असोज ३ गतेसम्म कौशी थिएटरमा मञ्चन भएको नाटक दर्शकको आग्रहमा असोज १५ देखि फेरि मञ्चन हुने भएको हो।

असोज १ गतेसम्म मञ्चन हुने भनिएको नाटक हाउसफुल भएकाले धेरै दर्शक छुटेको भन्दै २ र ३ गते एक-एकवटा सो थप गरिएको थियो। थपिएका सो पनि एकदिनअघि नै हाउसफुल भएकाे थियाे। त्यसपछि नाटकलाई असोज १५ देखि २० सम्म फेरि मञ्चन गर्न लागिएको हो। 

'हरेक बबाल कुरा' डंकन म्याकमिलनको नाटक 'एभ्री ब्रिलियन्ट थिङ' को नेपाली अनुवाद हो। नाटकको नेपालीमा अनुवाद क्षितिज पराजुली र निर्देशक कार्कीले गरेका हुन्। नाटकमा सुदाम सिकेको अभिनय रहेको छ। तिहारपछि कथा घेराले अर्को नाटक 'एनिमल फार्म' लिएर आउने पनि जनाएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.