|

रुकुम (पूर्व)  : पहिरोसँगै खसेको ढुङ्गाले लागेर रोल्पामा आमा–छोरीको मृत्यु भएको छ। बुधबार (आज) बिहान रोल्पा नगरपालिका–९ हाङबाङकी २५ वर्षीया संगीता पुन र उनकी दुई वर्षीया छोरी कृतिकाको मृत्यु भएको हो।

मकैबारीमा बाँदर धपाएर फर्कने क्रममा माथिबाट खसेको पहिरोसँगैको ढुंगाले लागेर आमा–छोरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रमुख एवं प्रहरी नायब उपरीक्षक (डिएसपी) नरेश सुवेदीले जानकारी दिए।

ढुंगाले लागेर खोल्सामा खसेका आमाछोरीको शव बाढीले पुरेको अवस्थामा फेला परेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.