|

काठमाडौं : दुई दिनमा १०१ अंकले गुमेको सेयर बजार बुधबार एकै दिन उकासिएको छ। आज नेप्से परिसूचक करिब १ सय ५ अंकले वृद्धि हुँदै २ हजार ८ सय १७ अंकमा उक्लिएको हो।

लगातारको गिरावटपछि हिजोबाट सकारात्मक बनेको बजार आज १ सय ४ दशमलव ८८ अंकले बढेको हो। आज राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि १९.४७ अंकले बढेर ५ सय २८.१० को विन्दुमा पुगेको छ। कारोबार रकम भने ६ अर्ब रुपैयाँ माथि भएको छ। बुधबार कारोबार भएका सबै कम्पनीको सेयर मूल्य बढेको हो। 

नेप्से उपसमूहमा रहेका १३ वटै समूहमा हरियाली छाएको छ। आज वित्त समूह सर्वाधिक ८.५४ प्रतिशतले उकालो लागेको छ। विकास बैंक समूह ७.७४ प्रतिशतले बढेको आज बैंकिङ समूहमा ३.२८ प्रतिशत, होटेल तथा पर्यटन समूहमा ४.१९ प्रतिशत, जलविद्युत समूहमा ५.५७ प्रतिशतले वृद्धि भएको छ।

यस्तै लगानी समूहमा ४.१४ प्रतिशत, जीवन बीमा समूहमा ३.६३ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा २.८ प्रतिशत, लघुवित्त समूहमा ३.३२ प्रतिशत, म्युचुअल फन्ड समूहमा १.४५ प्रतिशत, निर्जीवन बीमा समूहमा ३.६४ प्रतिशत, अन्य समूहमा २.३६ प्रतिशत र व्यापार समूहमा ४.३३ प्रतिशतले वृद्धि भएको छ । 

धेरै कारोबार गर्ने कम्पनीहरू

बुधबार नेप्सेमा सूचीकृतमध्ये २ सय १७ कम्पनीका १ करोड २१ लाख २२ हजार २ सय ९८ कित्ता सेयर ६ अर्ब १७ करोड ९३ लाख १ सय ५७ रुपैयाँमा किनबेच भएका छन्। अरुण भ्याली हाइड्रोपावरको सर्वाधिक २३ करोड ३४ लाख रुपैयाँ बढीको कारोबार भएको छ।

नेसनल हाइड्रोको १८ करोड ४८ लाख रुपैयाँबराबरको कारोबार भएको आज एअएमडिसी लघुवित्तको १६ करोड ९९ लाख रुपैयाँ, हिमालयन डिस्टिलरीको १५ करोड ४८ लाख रुपैयाँ, अपी पावरको १३ करोड ५३ लाख रुपैयाँको कारोबार भएको छ।

यस्तै महालक्ष्मी विकास बैंकको १३ करोड २ लाख रुपैयाँ, सिटिजन्स बैंकको १२ करोड ५६ लाख रुपैयाँ, सानिमा बैंकको १२ करोड १७ लाख रुपैयाँ, ज्योति विकास बैंकको १२ करोड १ लाख रुपैयाँ र नेपाल बैंकको ११ करोड ९२ लाख रुपैयाँ बढीको कारोबार भएको छ।

धेरै कमाउने र धेरै गुमाउने

बुधबार कारोबारमा आएका एउटाबाहेक सबै कम्पनीको सेयरमूल्य उकालो लागेको छ। एउटा कम्पनीको भने स्थिर रहेको छ। यो दिन २० वटा कम्पनीको सेयरमूल्यमा पोजिटिभ सर्किट लागेको छ।

आज प्रिमियर इन्स्योरेन्स, बेस्ट फाइनान्स, गुहेश्वरी मर्चेन्ट बैंक एन्ड फाइनान्स, आईसिएफसी फाइनान्स, कर्पोरेट डेभलपमेन्ट बैंक, मल्टिपर्पस फाइनान्स, सिन्धु विकास बैंक, रिलायन्स फाइनान्स, दिव्यश्वरी हाइड्रोपावर, युनिभर्सल पावर, युनियन हाइड्रोपावर, हिमाल दोलखा हाइड्रोपावर र लिवर्टी इनर्जीको सेयरमूल्यमा १० प्रतिशत बढीले पोजिटिभ सर्किट लागेको छ।

यसैगरी मनकामना स्मार्ट लघुवित्त, श्री इन्भेस्टमेन्ट फाइनान्स, पञ्चकन्या माई हाइड्रोपावर, माउन्टेन हाइड्रो, शाइन रेसुंगा डेभलपमेन्ट बैंक, सेन्ट्रल फाइनान्स र हिमालय ऊर्जा विकासको सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजिटिभ सर्किट लागेको छ। यो दिन अन्य ५ कम्पनीको सेयरमूल्य पनि ९ प्रतिशतभन्दा बढीले उकालो लागेका छन्।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.