आगामी चुनाव एमालेका लागि परीक्षा हुनेछ

|

बर्दिया : नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सरकार सञ्चालन गरेका दलले जालझेल गरेर प्रतिपक्षमा पठाएको आरोप लगाएका छन्।

बर्दिया जिल्लामा आयोजित एमालेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले भने, ‘अनेक जालझेल गरेर जनादेशबाट होइन परमादेशबाट हामीलाई प्रतिपक्षमा पठाइएको छ।' जनताको हातमा मतपत्र नपरेसम्म परमादेश सरकार सञ्चालन हुने  दाबी गरे। 

ओलीले भने, ‘जबसम्म जनताको हातमा मतपत्र पर्दैन। तबसम्म मात्रै परमादेश सरकार रहन्छ। जनताका हातमा मतपत्र परेपछि मात्र विपक्षी दलले परमादेश होइन जनादेशको महत्व बुझ्छन्।’ आगामी चुनावमा जनताले आफूप्रति गरेको विश्वास परीक्षा हुनेसमेत बताए। 

आफ्नो सरकारले विकास निर्माणको कार्य तीव्र गतिमा अगाडि बढाएको बताउँदै तत्कालीन सरकारले विकासका काम गर्न बजेट छैन भन्दै जनताका काम गर्न आनाकानी गरेको पनि आरोप लगाए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.