|

काठमाडौं : देशभर पछिल्लो समय १३ हजार ९ सय ३० जनाको कोरोना परीक्षण गर्दा थप १४ सय ७८ जनामा संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमणबाट ६ जनाको मृत्यु भएको छ।

योसँगै मृतकको संख्या ११ हजार ५९ जना पुगेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ। त्यस्तै,१६ सय ३० जना कोरोनामुक्त भएका छन्। 

काठमाडौंमा तीन सय ५५,भक्तपुरमा ५८ र ललितपुरमा एक सय ५१ गरी उपत्यकाभित्र कुल पाँच सय ६४ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.