वामदेवले बाटो बिराए

|

बर्दिया  : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अहिलेसम्म मन्त्रिपरिषद्ले पूर्णता नपाएको भन्दै सरकारको आलोचना गरेका छन्। ओलीले ७२ दिनदेखि मन्त्रिमण्डलले पूर्णता नपाउनुमा लोभी पापीहरूको हड्डीको लागि लडाइँ रहेको बताएका हुन्। यो सरकार जनताको हितमा नभएको उनको दाबी छ।

एमाले जिल्ला कमिटी बर्दियाद्वारा आयोजित अगुवा कार्यकर्ता भेलालाई बुधबार गुलरियामा सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन्।

अर्को सन्दर्भमा बोल्दै उनले पार्टी नफुटेको तर दुई चारजना कार्यकर्ता मात्रै पार्टीबाट बाहिरिएको बताए। उनले भने,  ‘केही कुहिएका पातहरु झरेर गए। पार्टी फुटेको होइन, अदालतले फैसला गर्‍यो भने यिनीहरूको पार्टीले मान्यता पाउनै सक्दैन। माधवकुमार नेपालको साथमा दुई चारजना कार्यकर्ता मात्रै छन्।’

अर्को प्रसंगमा बोल्दै ओलीले माओवादी केन्द्रले गएको निर्वाचनमा ५ वटा सिट ल्याउने अवस्था नहुँदा पनि आफूहरुले ३६ सिट जिताइदिएको बताए। उनले भने, 'जुन हातमा दूध र भात दियौं, त्यहीँ हातले प्रचण्डले टोकिदिए।’ दाहालको पछि लागेर विनाशको बाटोबाहेक केही नहुने उनको भनाइ छ।

वामदेवले बाटो बिराए

यस्तै, ओलीले एमाले तत्कालीन उपाध्यक्ष वामदेव गौतमले बाटो बिराएको बताएका छन्। गौतमकै गृहजिल्ला पुगेर ओलीले यस्तो बताएका हुन्। उनले बर्दियाली वाम आन्दोलनमा वामदेव गौतमको योगदान महत्वपूर्ण रहको स्मरण गर्दै उनले बाटो बिराएको र फर्किनुपर्ने बताए। तर,  वामदेव फेरि मूलबाटोमै फर्कनेसमेत उनले आशा व्‍यक्त गरे।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.