काठमाडौं : राष्ट्रियसभा बैठकले ‘विनियोजन विधेयक २०७८’ बहुमतले पारित गरेको छ। प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त विनियोजन विधेयक राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको अनुमतिमा अर्थमन्त्री जनार्दन शर्माले विधेयक पेस गरेका थिए।
मंगलबार प्रमुख प्रतिपक्षी दल एमालेको अवरोधकैबीच यो विधेयक टेबुल गरिएको थियो। एमालेको अवरोध आज पनि जारी थियो। बैठक शुक्रबार बिहान ११ बजेसम्मका लागि स्थगित भएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।