|

काठमाडौं : नेपाली कांग्रेसले हिमाली जिल्लाको अधिवेशन दशैँअघि नै गर्ने निर्णय गरेको छ। बिहीबार कांग्रेस पदाधिकारी र निर्वाचन समितिको छलफलबाट हिमाली जिल्लाको अधिवेशन दशैँअघि सक्ने निर्णय भएको हो।

निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवले हिमाली जिल्लामा कार्तिकमै हिउँ पर्ने भएकाले पूर्वनिर्धारित मितिमै जिल्ला अधिवेशन सम्पन्न गर्ने निर्णय भएको बताए।

‘हिमाली जिल्लामा कार्तिक लाग्नेवित्तिकै हिउँ पर्ने भएकाले वडा अधिवेशन सम्पन्न भइसकेका जिल्लामा असोज १८ मै जिल्ला अधिवेशन सम्पन्न गर्ने निर्णय भएको छ’ यादवले थाहाखबरसँग भने,‘वडा अधिवेशन हुन बाँकी रसुवा र डोल्पामा भने पालिका दशैँअघि वडा अधिवेशन हुन्छ, जिल्ला अधिवेशन भने पछि नै हुन्छ।’

बाँकी जिल्लाको अधिवेशन भने दशैँ-तिहारको बीचमा गर्ने निर्णय भएको छ। यसअघि नै वडा अधिवेशन सम्पन्न भएका जिल्लामा असोज असोज १८ गतेसम्म पालिका अधिवेशन मात्र सकिने यादवले बताए।

क्रियाशील सदस्यता विवाद कायमै रहेका १३ जिल्लाको क्रियाशील सदस्यता विवाद चाँडै टुंग्याएर १० दिनभित्र निर्वाचन समितिलाई विवरण बुझाउने पनि नेताहरूले जनाएका छन्।
हिमाली जिल्लाहरू
१. ताप्लेजुङ
२. संङ्खुवासभा
३. सोलुखुम्बु
४. दोलखा
५. सिन्धुपाल्चोक
६. रसुवा
७. मनाङ
८. मुस्ताङ
९. डोल्पा
१०. जुम्ला
११. मुगु
१२. हुम्ला
१३. कालिकोट
१४. बाजुरा
१५. बझाङ
१६. दार्चुला
१७. धादिङ
१८. रामेछाप
१९. गोरखा
२०. रुकुम (पूर्व)
२१. म्याग्दी

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.