|

काठमाडौं : प्रहरीले कपिलवस्तुबाट करिब २७ लाख रुपैयाँ बराबरको हरियो केराउ (मटर) बरामद गरेको छ।

नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त गस्ती टोलीले कृष्णनगर नगरपालिका–२ गल्लामण्डी र सोही नगरपालिका–१ स्थित कृष्णनगर–चन्द्रौता सडक खण्डबाट २२ हजार ५ सय किलो हरियो केराउ बरामद गरेको हो।

 सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट कृष्णनगरबाट खटिएको सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त गस्ती टोलीले अवैध रुपले चोरी निकासी गरी भारततर्फ लैजान राखिएको चालक बिनाको भारतीय नम्बरको छ वटा ट्रकमा लोड रहेको अवस्थामा उक्त केराउ तथा ट्रक बरामद गरेको जनाइएको छ।

बरामद केराउ तथा ट्रक आवश्यक कारबाहीको लागि राजस्व अनुसन्धान कार्यालय बुटवल बुझाइएको प्रहरीले जनाएको छ। बरामद ट्रकको अन्दाजी मुल्य ७५ लाख रुपैयाँ रहेको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.