१० दिनभित्र १५ लाख भारतीय रुपैयाँ ब्लडमनी बुझाउनुपर्ने

|

दाङ : शान्तिनगर गाउँपालिका-२ सिमसुन्दरपुरका टेकबहादुर केसीले ज्यान मुद्दामा कतारको जेलमा रहेका आफ्ना छोराको जीवन रक्षा गरिदिन आग्रह गरेका छन्।

वैदेशिक रोजगारीको सिलसिलामा कतार पुगेका २२ वर्षीय सुनील केसी सहकर्मी भारतीय नागरिकको हत्या आरोपमा जेलमा छन्। मृतकका परिवारले ‘ब्लडमनी’ स्वरुप १५ लाख भारतीय रुपैयाँ मागेकाले आर्थिक सहयोग गरी छोराको जीवन बचाइदिन टेकबहादुरले याचना गरेका छन्।

‘हाम्रो आर्थिक अवस्था कमजोर छ। कमाउन विदेश गएको छोरा अहिले जेलमा छ‚’ टेकबहादुरले भने‚ ‘मृतकका परिवारले १५ लाख भारतीय रुपैयाँ मागेका छन्। हामीले १० दिनभित्र रकम बुझाउनु पर्नेछ। यदि समयमा त्यो रकम बुझाउन नसक्ने हो भने ६० लाख नेपाली दिनु पर्ने हुन्छ। त्यति धेरै पैसा कसरी जुटाउनु!’

टेकबहादुरका अनुसार सुनील कतारको होटल टेस्टी मन्थ्रामा सहायक कुकमा कार्यरत थिए। २०७८ बैशाख ६ गते भारतीय नागरिकको हत्या गरेको आरोपमा उनी पक्राउ परी जेलमा रहेको उनले बताए।

उनले भने‚ ‘बैशाखमा छोरो घर आउने करिब एक हप्ता मात्र बाँकी थियो। तर, अन्जानको गल्तीले गर्दा छोरा अहिले जेलमा रहेको छ।’

टेकबहादुरले सहयोग गर्न चाहने महानुभावहरुले नेपाल एसबिआई बैंक लिमिटेड तुलसीपुर दाङ शाखाको खाता नम्बर ४२०१५२४३४००११७ मा रकम जम्मा गर्न सक्ने बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.