|

काठमाडौं :  नारायणहिटी दरबार संग्रहालयमा श्रीपेच चोर्न खोजेको आरोपमा एकजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा पश्चिम रुकुमका खिमबहादुर घर्ती रहेको काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) अशोक सिंहले जानकारी दिए। उनी आज बिहान टिकट काटेर नारायणहिटी संग्रहालय छिरेका थिए।

घर्तीले म अब श्रीपेच लगाएर राजा बन्छु भन्दै श्रीपेच राखिएको सिसा फुटाएपछि सुरक्षाकर्मीले नियन्त्रणमा लिएका थिए। उनलाई अहिले  दरबारमार्ग प्रहरी वृत्तमा राखेर सोधपुछ भइरहेको प्रहरीले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.