|

रुकुम (पूर्व): रुकुम पुथाउत्तरगंगा–१२ कोलमा पहिलो पटक बुवाको काजकिरिया छोरीले गरेकी छिन्। देशका अन्य भागमा यसरी छोरीले आशौच बार्ने गरेका समाचार आएपनि यस भेगमा भने यो पहिलो घटना भएको स्थानीयहरु बताउछन्।

छोराले मात्रै किरियामा बस्नुपर्ने समाजको मान्यतालाई तोड्दै पुथाउत्तरगंगा–१२ कोलका १५ वर्षीया भावना पुन मगरले बुवाको किरिया गरेकी हुन्। भावनाका बुवा जुनप्रसादको असोज ५ गते मृत्यु भएको थियो।

मृतक पुनको एक मात्र छोरा रहेकोमा उनी रोजगारको सिलसिलामा विदेश गएकाले शुक्रबार छोरी भावनाले बुवाको किरिया गरेकी स्थानीय सुजन पुन मगरले जानकारी दिए।

आमा, बुवाको किरिया छोराले मात्र गर्नुपर्छ भन्ने समाजको गलत मान्यता पुनले  तोडेकी छिन्। छोरा र छोरीमा कुनै पनि भेदभाव गर्नु हुँदैन भन्ने सन्देश भावनाले दिएकी सुजनले बताए।  
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.