|

सुर्खेत : कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरभित्रको करिब १० किलोमिटरमा रहेको फोरलेन सडकमा खाल्डाखुल्डी परेका छन्। सडकको पिच भत्किएपछि दुर्घटनाको जोखिम समेत बढेको छ।

सडकका कारण सडकमा दैनिक सयौंको संख्यामा आवतजावत गर्ने सावरी साधन र पैदल यात्रीले सास्ती भोग्ने गरेका छन्। कहिले धुलाम्मे त कहिले हिलाम्मे हुने यस सडकमा यात्रा गर्ने जो कोहीलाई समस्या हुने गरेको छ। निर्माण सम्पन्न भएको तीन वर्ष नपुग्दै सडकको अधिकांश स्थानको कालोपत्रे भत्किँदा दुर्घटनाको जोखिम बढेको हो।

वीरेन्द्रनगर–धुलियाविटदेखी बाँगेशीमलसम्मको झण्डै १० किलोमिटर सडकको अधिकांश क्षेत्रमा कालोपत्रे भत्किएपछि खाल्डाहरू बनेका हुन््। प्रदेश राजधानीसँगै सवारी साधनहरूको अत्यधिक चाप बढेपछि वीरेन्द्रनगरमा सडक भत्किन थालेपछि दुर्घटनाको जोखिम समेत बढेको हो।

फोरलेन सडकको दैलेख रोड, मंगलगढी चौकी, यरिचौक, बसपार्कचौक, जुम्मारोड लगायतका क्षेत्रको पिच भत्किएको छ। सडकमा खाल्डा बनेपछि डिभिजन सडक कार्यालयले अस्थायी रूपमा माटो भरे पनि पानी पर्दा कालोपत्रे झन् भत्किएको छ। 

दुई वर्षदेखि वीरेन्द्रनगरमा अटो रिक्सा चलाउँदै आएका लालबहादुर विकले सकडको हालत हेर्दा प्रदेश राजधानी भएको जस्तो अनुभव नभएको बताए।  उनले भने, ‘सडक बीचमा परेका खाल्डाखुल्डीका कारण कहाँ कतिबेला दुर्घटना हुन्छ भन्दै ज्यानको बाजी राखेर अटो चलाउनु पर्ने बाध्यता छ।’
 
यता डिभिजन सडक कार्यालयले सडक मर्मतका लागि तयारी थालिएको बताएको छ। दुई करोडको बजेट ठेक्का भएको र वीरेन्द्रनगरमा रहेको रत्नराजमार्ग अन्र्तगतको १० मिटरमा रहेको फोरलेन सडकका खाल्डाखुल्डी पुरेर दशैंअघि नै मर्मत सकिने सडक डिभिजन कार्यालय सुर्खेतका प्रमुख विजयकुमार थापाले जानकारी दिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.