|

काठमाडौं : नर्भिक अस्पतालका संस्थापक तथा अध्यक्ष वसन्त चौधरी युएईको दुवईस्थित एक अमेरिकन अस्पतालमा उपचार गराइरहेका छन्।

गत साता असहज महसुस भएपछि नर्भिकमै एन्जियोग्राफी गरेका चौधरीले दुबईमा परीक्षण गराउँदा मुटुको धमनीमा समस्या देखिएपछि उपचार गराइरहेको उनले विज्ञप्ति जारी गरी जानकारी दिएका छन्।

विज्ञप्तिमा उल्लेख छ‚ ‘गत हप्ता केही असहजता महसुस भएकाले नर्भिकमा एन्जियोग्राफी गराएको थिएँ, त्यसपश्यात दुबईस्थित अमेरिकन हस्पिटलमा थप परीक्षण गराउँदा पनि मुटुको धमनीको उपचार गर्न विशेषज्ञहरूले राय दिएको व्यहोरा सम्पूर्ण सुभचिन्तकहरूमा जानकारी गराउँदछु।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.