|

काठमाडौं : प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १४ औँ महाधिवेशनमा कार्यकर्तालाई आफ्नो भूमिका प्रभावकारी बनाउन निर्देशन दिएका छन्। 

आजबाट सुरु भएको नगर र गाउँपालिकाको अधिवेशनलाई सफलताको शुभकामना दिँदै सभापति देउवाले कार्यकर्तालाई आफ्नो भूमिका प्रभावकारी बनाउन निर्देशन दिएको हुन्। 

सामाजिक सञ्जालमा लेखेको छन, ‘आजदेखि सुरु भएको नगर र गाउँपालिका अधिवेशनको प्रक्रियामा सहभागी नेपाली कांग्रेसका नगर र गाउँ प्रतिनिधि साथीहरूलाई हार्दिक स्वागत तथा शुभकामना। कोभिड-१९ को महामारीको समयमा स्वास्थ्य मापदण्डको पालना गरी अधिवेशनमा सहभागी हुनुहुन अनुरोध गर्दछु।’
  
कार्यकर्ताको विश्वासले नै कांग्रेसलाई थप बलियो बनाउन सहयोग गर्ने विश्वास समेत व्यक्त गरेका छन्। जनताको मन जित्ने गरी नगर र गाउँपालिकामा आफ्नो भूमिकालाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका छन्।  

‘तपाईंहरूको पार्टीप्रतिको विश्वास र प्रतिबद्धताले कांग्रेसलाई थप बलियो बनाउने छ। जनताको मन जित्ने गरी नगर र गाउँपालिकामा आफ्नो भूमिकालाई प्रभावकारी बनाउनु हुनेछ भन्ने अपेक्षा पनि गरेको छु’ सभापति देउवाले लेखेका छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.