|

विराटनगर : नेकपा एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्रीले प्रदेश १ मा चाँडै नयाँ सरकार बन्ने बताएकी छन्। विराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै नेतृ झाँक्रीले प्रदेश १ को नेकपा एमाले नेतृत्वको सरकार ढल्ने र नयाँ सरकार बन्ने बताएकी हुन्।

यसअघि सर्वोच्च अदालतमा मुद्दा परेकाले सरकार परिवर्तनको कदम अघि बढ्ने नसकेको भन्दै उनले सर्वोच्चबाट अन्तरिम आदेश नआएकाले अब नयाँ सरकार गठनको काम अघि बढ्ने बताइन्। नेकपा समाजवादीले मुख्यमन्त्री भीम आचार्य नेतृत्वको सरकारलाई विश्वासको मत नदिने पनि उनले बताइन्।

यस्तै, उनले समाजवादीमा युवाहरुको नेतृत्व नभएको भन्ने प्रश्न गलत रहेको बताइन्। युवाहरुको विद्रोह, बाहुल्यता र चाहनाले नै नेकपा समाजवादी बनेको पनि दाबी गरिन्। नयाँ पार्टी भएकाले विस्तारै देशैभर ठूलो संगठन बनाएर अघि बढ्ने चुनौती रहे पनि अब नेकपा समाजवादी ठूलो पार्टी बनाएर छाड्ने पनि उनले बताइन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.