|
काठमाडौंमा शनिबार धनगढी जान बुद्ध एयरको जहाज चढ्दै गरेका यात्रु।

धनगढी : काठमाडौंबाट धनगढीका लागि उडेको बुद्ध एयरको जहाज फर्किएर काठमाडौंमा नै गएर आपतकालीन अवतरण गरेको छ।

काठमाडौंबाट धनगढीका लागि उडेको जहाज डाइभर्ट भएर फेरि काठमाडौंमा अवतरण गरेको हो।

बेलुकी ५ बजेर ३४ मिनेटमा काठमाडौंबाट धनगढीका लागि उडेको जहाज उडानको ११ मिनेटपछि नै काठमाडौं डाइभर्ट भएको धनगढी विमानस्थल कार्यालयले जानकारी दिएको छ।

प्राविधिक कारणले जहाज डाइभर्ट भएको विमानस्थल कार्यालयले जनाएको छ। डाइभर्ट भएको जहाजले काठमाडौंमा आपतकालीन अवतरण गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.