|
प्रशिक्षण सुरु हुनुअघि शनिबार सामूहिक तस्वीर खिचाउँदै सहभागी प्रशिक्षक।

हेटौंडा : बागमती प्रदेशको प्रदेश खेलकुद विकास परिषदले राष्ट्रिय स्तरको एथलेटिक्स प्रशिक्षक प्रशिक्षण सुरु गरेको छ।

राजधानी काठमाडौंमा कीर्तिमानी धावक बैकुण्ठ मानन्धरले शनिबार दशरथ रंगशालामा प्रशिक्षणको उद्घाटन गरेका हुन्।

परिषदका सदस्यसचिव सूर्यलाल भण्डारीले दशरथ रंगशालाको ट्र्याकमा प्रयोगात्मक र एन्फाको मिडिया सेन्टरमा सैद्वान्तिक कक्षा हुने जानकारी दिए। उनका अनुसार प्रदेशले आयोजना गरेको एक साताको प्रशिक्षक प्रशिक्षणमा प्रदेशका १३ वटै जिल्लाबाट ३२ जना सहभागी छन्।

एथलेटिक्स संघका प्रमुख प्रशिक्षक चन्द्र गुरुङको नेतृत्वमा वरिष्ठ प्रशिक्षकहरू कान्ति महतो र धनीराम चौधरीले प्रशिक्षण दिने छन्। प्रशिक्षणमा नेपाल ओलम्पिक कमिटीको सहकार्यमा एन्टी डोपिङको कक्षासमेत हुनेछ।

बागमती  प्रदेशले यसै महिना एथलेटिक्ससहित अन्य ३ खेलको प्रशिक्षक प्रशिक्षण सञ्चालन गर्दैछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.