|

काठमाडौं : इण्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा पञ्जाब किंग्सले सनराइजर्स हैदरावादलाई पराजित गरेको छ। गएराति सम्पन्न खेलमा पञ्जाबले हैदरावादलाई ५ रनले पराजित गरेको हो।​

पञ्जाबले दिएको १२६ रनको लक्ष्य पछाएको हैदरावादले २० ओभरमा ७ विकेट गुमाउदै १२० रन मात्र बनायो। यस अघि टस हारेर पहिला ब्याटिंग गरेको पञ्जाबले २० ओभरमा ७ विकेट गुमाउदै १२५ रन बनाएको थियो ।

यो जितपछि पञ्जाब ९ खेलमा चौथो जित हासिल गर्दै अंक तालिकामा ८ अंकसहित पाँचौ स्थानमा उक्लिएको छ।

यस्तै गएराति नै भएको पहिलो खेलमा दिल्ली क्यापिटलले राजस्थान रोयल्सलाई ३३ रनले हराउँदै अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.