|

काठमाडौं : बाँकेको नेपालगन्जस्थित भेरी अस्पतालमा थप दुई कोरोना संक्रमितको मृत्यु भएको छ।

बाँकेको कोहलपुर नगरपालिकाका २२ वर्षीय पुरुष र बर्दियाको बारबर्दिया नगरपालिकाका ७२ वर्षीय पुरुषको मृत्यु भएको जिल्ला स्वाथ्य कार्यालयले जनाएको छ। उनीहरुको दुवैको उपचारको क्रममा अस्पतालमै मृत्यु भएको हो।

योसहित बाँकेमा जिल्लाभित्रै मृत्यु हुने कोरोना संक्रमितको संख्या ३३४ र बाहिरी जिल्लाबाट उपचारको लागि पुगेका ४१८ संक्रमितको मृत्यु भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.