सहकारीको बदनामी रोक्न सक्रिय

|

पर्सा : स्थानीय सरकारबाट सहकारी क्षेत्रको विकृति न्यूनीकरणमा भरोसा नभएपछि पर्साका आसलाग्दा सहकारी आफैँ व्यवस्थित भएर चल्न अग्रसर भएका छन्।

राज्यको नीतिअनुसार सही तवरले चलेका सहकारीहरू आफैँ गोलबद्द हुँदै व्यवस्थित भएर अगाडि बढ्न अग्रसर भएका हुन्।

‘सहकारीको नीति र सेवा प्रवाह दुवैतर्फ चुस्त दुरुस्त भएर अगाडि नबढे राज्यको तीनखम्बे अर्थ नीतिको एउटा खम्बा कमजोर हुने निष्कर्ष रह्यो’ जिल्ला बचत संघ पर्साका महासचिव जिष्नु बरालले भने। यो निष्कर्षअनुसार साबिकको ढर्राभन्दा सहकारीले समयसापेक्ष अगाडि बढ्न सामूहिक गतिविधि र दक्षताका कुरामा आफैँ एकजुट भएर अग्रसर हुन थालेको उनको भनाइ छ।

सहकारीको बदनामी रोक्न सक्रिय

नियमनकारी निकाय, लोभीपापी संचालक र अविश्वासी सेवाग्राही तिनै पक्षबाट सहकारी क्षेत्रका कर्मचारी बदनाम हुने विगतको गल्ती दोहोरिन नदिन पनि सहकारी संस्थाको सामूहिक कार्यक्रम अगाडि बढाउन थालिएको कर्मचारीहरुले बताए।

केही संस्थाले बदनामी कमाएपछि त्यसको प्रभाव अन्य सहकारीमा पनि पर्ने र अझ सबैभन्दा बढि मार सहकारीका कर्मचारी भएपछि सहकारी सुधारका लागि दक्ष कर्मचारी र बजार प्रतिनीधि हुनु पर्ने उनीहरुको ठम्याइ छ।

यसको अगुवाई ओ–अपरेटिभ म्यानेजर्स क्लवले गरिरहेको छ। सहकारी संस्था नै स्तरीय बनाएपछि भविष्यमा जोखिम आइ नपर्ने भन्दै शनिबार यहाँका २७ वटा सहकारीहरुले एकै ठाउँमा बजार प्रतिनीधिहरुलाई राखेर सामूहिक रूपमा तालिम पनि दिएका छन्।

तालिममा मार्केट के हो? मार्केटिङ्ग कसरी गर्ने, संस्थाका कमजोरी कहाँ कोबाट हुन लाग्दैछ? चुस्त हिसाब किताब र सेवाग्राहीको मनोबल उच्च कसरी राख्ने? र संस्थाको समुन्नतिमा थप टेवा कसरी दिने? जस्ता कुराहरु बजार प्रतिनीधिहरू पनि सहभागी तालिममा सिकाइएको छ।

२७ संस्थाका बजार प्रतिनीधिलाई प्रशिक्षण

राज्यले सहकारीहरूलाई गरेको बेवास्ता र कोरोनाकालमा झन् सहकारीहरू पनि पीडित भएपछि सहकारीहरूलाई सशक्त गरिनुपर्ने अवस्थालाई पनि यस्तो कार्यक्रमले सम्बोधन गरेको छ। राष्ट्रिय सहकारी बैंक वीरगन्ज शाखाका प्रवन्धक संजय कुमार महतो र कोअपरेटिभ म्यानेजर्स क्लब पर्साका संस्थापक अध्यक्ष तथा जिल्ला बचत संघ पर्साका महासचिव जिष्नु बरालले सहभागीहरुलाई प्रशिक्षण दिए।

त्यो प्रशिक्षणमा श्री नीधि बचत तथा ऋण सहकारी संस्था लि., दैनिक, दिव्यज्योती, अमन कृषि, गगन, अवतार, श्री छाँया, श्री गणपति, कोहिनुर, श्री हिमाल, कान्तिपुर, श्री भगवती, जन संरक्षण, गृह लक्ष्मी, आशिर्वाद, स्वच्छ, प्रतीक, सनराइज नेपाल, जय गणेश, सूर्या विनायक र सुरक्षित बचत तथा ऋण सहकारी संस्था लगायत २७ संस्थाका ७५ जना बजार प्रतिनीधिहरुको पनि सहभागिता छ।

सहभागी भन्छन् : प्रशिक्षणले प्रभावकारी बनायो

बजारमा जाँदाका कठिनाई हल गर्न, संचालक तथा अफिसका प्रवन्धक कर्मचारीसँग सहजै काम गर्न गराउन र सेवाग्राहीहरुको मन जित्न सक्ने विभिन्न सरल उपाय तालिमका सिक्न पाएको बजार प्रतिनीधिहरुले बताए। यस्ता अनुशिक्षण तथा तालिमहरु समय–समयमा हुने हो भने बजार र संस्थाको सरलीकरणमा कोसेढुंगा हुने उनीहरुको तर्क छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.