|

शनिबार भएको खेलमा युनाइटेड एस्टन भिल्लासँग पराजित भयो। इंग्लिस प्रिमियर लिगमा ठूला क्लबलाई तुलनात्मक रूपमा साना क्लबले चक्मा दिएको यो पहिलो पटक होइन। पटक-पटक उपाधि दाबेदार क्लब अप्रत्यासित नतिजाको सिकार हुन्छ। तर, शनिबारको हारमा भने युनाइटेडको अहिले चर्को आलोचना भइरहेको छ।

युनाइटेडको चर्को आलोचनाका पछि अन्तिम मिनेटमा पाएको पेनाल्टीको अवसर खेर जानु हो। विशेष गरे 'डेथ टाइमिङ'मा पाएको बराबरीको मौकामा युनाइटेडले पेनाल्टी प्रहारको अवसर ब्रुनो फर्नान्डेजलाई दियो। जहाँ फर्नान्डेजको प्रहार पोस्टमाथिबाट बाहिरियो। जसले गर्दा प्रश्न ओइरिएका हुने। धेरैले पेनाल्टीका अनुभवी स्टार क्रिस्टियानो रोनाल्डोलाई नदिएर किन फर्नान्डेजलाई दियो भनेर प्रश्न गरेका छन्।

फर्नान्डेज पेनाल्टी प्रहार गर्ने क्रममा निकै दबाबमा देखिन्थे र यसको एउटा कारण टिममा रोनाल्डोको छाँया भएको बताइन्छ। रोनाल्डो रियल मड्रिड र युभेन्ट्समा छँदा पहिलो रोजाइका पेनाल्टी प्रहार गर्थे र उनी अधिकांश पेनाल्टीमा 'एक्युरेट' छन्।

तर ब्रुनोको पेनाल्टीमा गोल गर्ने प्रतिशत रोनाल्डोको भन्दा राम्रो मानिन्छ। त्यसैले उनी डेथ टाइममा पाएको पेनल्टीको जिम्मेवारीमा परे। तर, अब रोनाल्डोलाई यो जिम्मेवारीमा फर्काउनुपर्ने आवाज उठेको छ।

यद्धपि, तत्काल यो सम्भावना नरहेको बताइन्छ। अझै केही पेनाल्टी फर्नान्डेजनै प्रहारक गर्ने दाबी अन्तर्राष्ट्रिय सञ्चारमाध्यामले जनाएका छन्। भिल्लाका गोलरक्षक इमिलानो मार्टिनेजले अच्चमको रणनीति अपनाए।

जहाँ उनी पेनाल्टी प्रहार गर्न रोनाल्डोलाई उस्काइरहेका थिए। जसले फर्नान्डेजमाथि दबाब होस। उनको यो रणनीति सफल पनि भयो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.