|

रुकुम पूर्व : नेपाली कांग्रेस रुकुम पश्चिमको सबै स्थानीय तहक शनिबार अधिवेशन सम्पन्न भएको छ।

रुकुमपश्चिमका ६ वटा स्थानीय तहमध्ये पाँचवटामा सहमतिबाट नै नेतृत्व चयन भएको छ। मुसीकोट नगरपालिकामा भने निर्वाचनबाट नेतृत्व चयन भएको छ।

मुसीकोट नगरपालिकामा प्रेम ओली सभापतिमा विजयी भएका छन्। उनले समीरजंग मल्ललाई पराजित गरेका हुन्। ओली सभापति शेरबहादुर देउवा समूहका र मल्ल वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका हु्न। 

यस्तै‚ चौरजहारी नगरपालिकामा प्रेमबहादुर ओली सर्वसम्मत सभापतिमा निर्वाचित भएका छन्। यसैगरी आठबीसकोट नगरपालिकामा अमृत बोहरा, बाँफिकोट गाउँपालिकामा जनककुमार बाँठा, त्रिवेणी गाउँपालिकामा दीपेन्द्र ओली र सानीभेरी गाउँपालिकामा सन्तोष रोका सभापतिमा सर्वसम्मत निर्वाचित भएका छन्।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.