|

काठमाडौं : रौतहट प्रहरीले स्रोत नखुलेको साढे ४ लाख नेपाली रूपैयाँसहित दुई जनालाई पक्राउ गरेको छ।

शनिबार राति इशनाथ नगरपालिका-२ औरैयास्थित नेपाल–भारत सीमानजिक प्रहरी चौकी औरैयाको टोलीले मोटरसाइकल सवार इशनाथ-३ औरैया घर भइ भारत बस्ने २९ वर्षीय नीरजकुमार राय र उनको पछाडी बस्ने ७० वर्षीय रामचन्द्र राउतलाई पक्राउ गरेकाे हाे।

प्रहरीले उनीहरूको साथबाट भारततर्फ लैजान लागेको ४ लाख ५१ हजार रूपैयाँ बरामद गरेको जानकारी दिएको छ। 

पक्राउ परेकाहरूलाई मोटरसाइकलसहित अनुसन्धान तथा कारबाहीका लागि गौर भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.