|

बैतडी : मोटरसाइकल दुर्घटना हुँदा बैतडीमा एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा पञ्चेश्वर गाउँपालिका–१ की ५० वर्षीया लक्ष्मी साउद छन्।

पञ्चेश्वर गाउँपालिका–१ का वडा सदस्य परमलसिंह घटालले चलाएको सु.प.प्र.०१–००३ प २६६१ मोटरसाइकल पञ्चेश्वर गाउँपालिका–३ गोगनपानीमा दुर्घटनामा परेको हो।

कुलाँउबाट आमचौरातर्फ गइरहेको मोटरसाइकल कच्ची सडकमै पल्टिएको प्रहरीले जनाएको छ। बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक बोधराज ओझाका अनुसार मोटरसाइकलमा सवार लक्ष्मी गम्भीर घाइते भएकी थिइन्।

ओझाले लक्ष्मीको सारी मोटरसाइकलमा बेरिएर लडेको र ढुंगामा टाउको ठोक्किएको जानकारी दिए। घाइते लक्ष्मीलाई  उपचारको लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो।

उनको शव केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीमा राखिएको छ। मोटरसाइकल र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.