|

काठमाडौं : एभरेस्ट प्रिमियर लिगमा सोमबारका लागि तय भएका दुवै खेल वर्षाका कारण रद्ध भएका छन्। लगातार तेस्रो खेल वर्षाले प्रभावित भएको हो।

आइतबार हुने तय भएको पहिलो खेलमा काठमाडौं र विराटनगरले भिजेको मैदानका कारण अंक बाँड्दा दिउँसो हुने तय भएको भैरहवा र चितवनको खेलमा पुनः वर्षा भएपछि रद्ध गरियो।

यसअघि भैरहवाले आइतबार पोखरासँग वर्षाका कारण अंक बाँड्न बाध्य भएको थियो। भैरहवा लगातार दोस्रो खेल गुमाउन पुग्यो। १ः३० बाट सुरु हुने खेल चिसो आउटफिल्डसँगै पुनः वर्षा भएपछि स्थगित भएको हो। खेल सुरु हुन ढिलाइ भएको केहीबेरमा नै पुनः वर्षा भएपछि मैदान कभरले ढाकिएको थियो।

वर्षासँगै खेल स्थगित भएपनि लगातार अंक बाँड्दा भैरहवालाई स्वभाविक घाटा लागेको छ। खराव मैदानका कारण भैरहवाका कप्तान शरद भेषावकर र चितवनका सोमपाल कामीसँग छलफलपछि अम्पायरले टस स्थगित गरेका थिए। चितवनले पहिलो खेलमा विराटनगर वारियर्सलाई दुई विकेटले पराजित गरेको थियो।

भैरहवा ग्ल्याडियटर्सको भने पहिलो खेलमा पनि वर्षा बाधक बनेको थियो। आइतबारको दोस्रो खेलमा टस जितेर पहिलो ब्याटिङ गरेको पोखराले १०.१ ओभरमा ६५.७ को अवस्थामा रहँदा ठूलो वर्षा भएपछि अंक बाँड्न भैरहवा बाध्य भएको थियो। सोमबारका दुबै खेलमा भने टस हुन सकेन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.