दाङ : राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका मेडिकल सुपरिटेन्डेन्टलाई कालो मोसो दलेको अभियोगमा पक्राउ परेका एक जना पुर्पक्षका लागि थुनामा गएका छन् ।
पक्राउ परेका चार जनामध्ये तीन जना धरौटीमा रिहा भएका छन्। गत भदौ ११ गते अस्पतालका मेसु डा. विनोद सिंहलाई कार्यकक्षमै कालो मोसो दलेको अभियोगमा पक्राउ परेका दिलिप डाँगी पुर्पक्षका लागि थुनामा गएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं डीएसपी मुकुन्दप्रसाद रिजालले जानकारी दिए।
उक्त प्रकरणमा संलग्न रहेको आरोपमा पक्राउ परेका सर्जन परियार, गणेश खड्का र दिवस क्षेत्री भने जनही ५० हजार रुपैयाँ धरौटी बुझाएर रिहा भएका छन् ।
अस्पतालमा बिरामीहरूको कल्चर जाँचका विषयमा नेकपा एमाले निकट विद्यार्थी संगठन अखिलका संयोजक सर्जन परियारको नेतृत्वमा गएका केही युवाहरूले मेसु सिंहलाई कार्यकक्षमै मोसो दलेका थिए। पक्राउ परेपछि परियारको समूहले प्रहरी हिरासतमै भोक हड्ताल गरेको थियो।
तपाईंको ईमेल गोप्य राखिनेछ ।