|
लोसपाको सोमबार जनकपुरधाममा बसेको संसदीय दलको बैठक। तस्वीर : अजय साह

जनकपुरधाम : समाजवादी लोकतान्त्रिक पार्टी (लोसपा) ले प्रदेश २ को संसदीय दलको विधान पारित गरेको छ। केही दिनअघि जनता समाजवादी पार्टी (जसपा) ले पनि संसदीय दलको विधान पारित गरेको थियो।

लोसपा प्रदेश सांसदको जनकपुरधाममा सोमबार बसेको बैठकले विधान पारित गरेको हो।

बैठकले विधान पारित गरे पनि संसदीय दलको नेता छान्न सहमति हुन नसकेको सांसद परमेश्वर साहले बताए।

उनले प्रदेश सांसद जितेन्द्र सोनललाई सर्वसम्मतिबाट संसदीय दलको नेता बनाउने प्रयास भएको तर सहमति हुन नसकेकाले निर्वाचन प्रक्रियामा जाने बताए।

लोसपा अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेताहरू राजेन्द्र महतो, अनिल झा, शरतसिंह भण्डारीलगायत नेतासहितको संसदीय दलको बैठकले विधान पारित गरेको हो।

दलको नेता छान्नका लागि निर्वाचन अधिकृत तोक्न केन्द्रीय समितिलाई पत्र लेख्नुपर्ने भएकाले पत्र पठाइएको सांसद साहले जानकारी दिए। केन्द्रीय कार्य समितिले निर्वाचन अधिकृत तोकेपछि चुनावको बाँकी प्रक्रिया अघि बढ्ने उनले बताए ।

संसदीय दलको नेताका आकांक्षी लोसपाका प्रदेश सांसद उपेन्द्र महतो पनि हुन्। उनले पनि संसदीय दलको नेताको लागि निर्वाचन हुने बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.