|

सर्लाही : गोडैतामा ट्रयाक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ।

आज (मंगलवार) दिउँसो गोडैता नगरपालिका–२, स्थित सिमराभगवतीपुरमा ट्रयाक्टरको ठक्करबाट मोटरसाइकल चालक सर्लाहीको गोडैता नगरपालिका–६, बगदहका २३ वर्षीय रुपेश बैठाको ज्यान गएको हो। ना ६ त ८५४ नम्बरको ट्रयाक्टरले विपरित दिशाबाट आइरहेको बिआर ०७ भि ५३१६ भारतीय नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। बैठाको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ।

प्रहरीले ठक्कर दिने ट्रयाक्टर नियन्त्रणमा लिएको छ भने ट्रयाक्टर चालक फरार रहेकाले खोजी भइरहेको जिल्ला प्रहरीका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायव उपरिक्षक माधवप्रसाद बुढाथोकीले जानकारी दिए। शव परीक्षणको लागि जिल्ला अस्पताल मलंगवामा राखिएको प्रहरीले जनाएको छ।
 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.