|

हेटौंडा : विद्यालयबाट घर फर्किदै गरेकी मनहरी गाउँपालिका-६ की एक बालिकाको खोलाले बगाएर मृत्यु भएको छ। स्थानीय पाङथली खोलाले बगाउँदा मनहरी-६ दौडीडाँडाकी ११ वर्षीया मनीषा थिङको मृत्यु भएको हो।

मंगलबार राक्सिराङ-८ देवीटारस्थित श्री राष्ट्रिय माध्यमिक विद्यालयबाट घर फर्कने क्रममा थिङलाई खोलाले बगाएको थियो। मंगलबार दिउँसो परेको पानीले खोलामा बाढी आएको र बालिकालाई बगाएको मकवानपुर प्रहरीले जनाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.