|
गृहमन्त्री बालकृष्ण खाणलाई मंगलबार ज्ञापनपत्र बुझाउँदै अनेरास्ववियूका विद्यार्थी नेताहरू।

काठमाडौं : विद्यार्थी संगठन अनेरास्ववियूले दशैं, तिहार, छठलगायत चाडपर्व नजिकिँदै गर्दा अति आवश्यक सामग्रीमा मूल्य वृद्धि र कालोबजारी हुन नदिन तथा नियन्त्रण गर्न सरकारसँग माग गरेको छ।

अनेरास्ववियूले मंगलबार एक विज्ञप्ति जारी गरी सर्वसाधारणले दैनिक उपभोग गर्ने सामग्रीमा मूल्य वृद्धि अहिले नै भइसकेकाले नियन्त्रण गर्न र घटाउन माग गरेको हो।

यातायातमा विद्यार्थीले पाउँदै आएको ४५ प्रतिशत छुट कार्यान्वयन गर्नसमेत माग गरेको छ।

'खाने तेल, खाद्यान्न र इन्धनमा भएको मूल्य वृद्धि नियन्त्रण, यातायातमा भएको भाडा वृद्धि नियन्त्रण, हवाई यातायातमा छुट, कालोबजारी नियन्त्रणलगायत जनसरोकार र जनजीविकाका विषयमा आवश्यक अनुगमन गर्न गृह मन्त्रालय र माननीय मन्त्रीज्यूलाई हार्दिक अनुरोध गर्दछौं,' अनेरास्ववियूले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

साथै आफ्नो मागको बेवास्ता गरिए मूल्य वृद्धिविरुद्ध शृंखलाबद्ध आन्दोलन गर्ने  र यसको परिणामको जिम्मेवार सरकार नै हुने पनि विज्ञप्तिमा उल्लेख छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.