|

काठमाडौंः निर्माता तथा कलाकार दीपकराज गिरीले अहिलेको परिस्थितिमा सिनेमा हलमा नेपाली फिल्म प्रदर्शन गर्नुअघि विदेशी फिल्मको प्रदर्शन पर्खिएको प्रसंगबारे बोलेका छन्। 

आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत प्रदर्शनका लागि तयार भइसकेका नेपाली फिल्म हलमा रिलिज नगरेकोमा असन्तुष्टि व्यक्त गरेका हुन्। 

उनले लेखेका छन्, 'अहिलेको संकटमा हामीलाई हल चलाउन विदेशी फिल्म नै चाहियो। कमसेकम दशैँमा रिलिज गर्ने डेट तोकेर तयार बसेका साथीहरूले त आँट गर्नुपर्ने थियो नि। सहज हुँदा एक आपसमा भिड्ने, अप्ठेरो बेला चाहिँ...'

सामान्य अवस्थामा विदेशी फिल्मले गर्दा हल पाइएन भन्ने फिल्म निर्माताको गुनासो रहन्छ। यतिबेला भने विदेशी फिल्म हलमा लाग्ला र यसले दर्शकमा फेरि फिल्म हेर्ने बानी बसालिदेला र हामी आफ्ना फिल्म लगाउँला भनेर नेपाली फिल्म निर्माता पर्खिएर बसेका छन्।

अब विदेशी फिल्म हलमा लाग्दा नेपाली फिल्मलाई कति फाइदा हुन्छ भन्ने त हलमा फिल्म लागेपछि थाहा होला। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.