|
फाइल तस्बिर

काठमाडौं : देशभर ५ महिनामा विभिन्न प्राकृतिक विपद्‍का १ हजार ८ सय ७५ घटना भएका छन्।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार ०७८ वैशाख १ गतेदेखि असोज १४ गतेसम्म २ सय ६५ पहिरो गएका छन्।

१ सय २२ घटना बाढीले घटाएको छ। अविरल वर्षा ३ सय १९ पटक परेको छ। त्यस्तै, १ सय ७१ घटना चट्याङ परेर भएको छ। २० भन्दा बढी सर्पले टोकेका घटना भएका छन्।

देशभर ५ महिनामा ७ सय ४० आगलागी भएको छ। डढेलो ६२, हावाहुरी ३४ र जनावरबाट १ सय ४२ घटना भएको प्राधिकरणले उल्लेख गरेको छ।

२ सय ४३ जनाको मृत्यु, ४१ बेपत्ता

५ महिनामा भएका विभिन्न घटनामा २ सय ४३ जनाको मृत्यु भएको छ भने ४१ जना बेपत्ता भएको प्राधिकरणले जनाएको छ। ५ सय १९ जना घाइते भएका छन्।

प्राधिकरणको सार्वजनिक गरेको तथ्यांकअनुसार बाढीले ४० जनाको मृत्यु भएको छ भने ३२ जना अझै बेपत्ता छन्। १३ जना घाइते भएका छन्।

पहिरोबाट पुरिएर ८० जनाको मृत्यु भएको छ। ८ जना बेपत्ता भएका छन् भने ९१ जना घाइते भएका छन्।

अविरल वर्षाले १६ जनाको मृत्यु भएको छ भने ३५ जना घाइते भएका छन्।

चट्याङबाट ४८ र आगलागीबाट १६ को मृत्यु

चट्याङबाट ४८ जनाको मृत्यु भएको छ भने १ सय ५४ जना घाइते भएका छन्। सर्पको टोकेर १७ जनाको मृत्यु भएका छ भने ४ जना घाइते भएका छन्।

त्यस्तै, आगलागीले १६ जनाको मृत्यु भएको छ भने १ सय ३० जना घाइते भएका छन्। डढेलोबाट ३ जनाको मृत्यु भएको छ र १ जना घाइते भएका छन्।

हावाहुरीबाट १ जनाको मृत्यु भएको छ भने १ जना अझै बेपत्ता छन्। १ जना घाइते भएका छन्।

जनावरको आक्रमणबाट २२ जनाको मृत्यु भएको छ भने ८७ जना घाइते भएको प्राधिकरणले जनाएको छ।

यी सबै घटनाबाट २ हजार ४ सय १८ घरपरिवार प्रभावित भएका छन्। 

(पूरा घटना विवरण)

                         स्रोत : राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.