‘जबज जनवादी कार्यक्रम भएकोले अहिले पनि सान्दर्भिक छ’

|
फाइल फोटो

काठमाडौं : नेकपा एमालेका स्थायी कमिटी सदस्य रामबहादुर थापा बादलले संसद विघटन सही भएको जिकिर गरेका छन्। भोलिदेखि सुरु हुने विधान महाधिवेशनबारे जानकारी दिन एमालेले आयोजना गरेको पत्रकार सम्मेलनमा बादलले भने, 'स्थायी कमिटी र केन्द्रीय बैठकमा संसद विघटनको बिषयमा मतभेद भएको थियो। तर, पार्टीको आधिकारिक निर्णय संसद विघटन नै सही भन्ने नै हो।’

दक्षिणपन्थी अवसरवादीहरूले नेकपा नेतृत्वको सरकार ढाल्ने चलखेल गरेकै कारणले अहिलेको परिस्थिति आएको उनको भनाइ छ। पार्टीभित्र दक्षिणपन्थी र अवसरवादलाई भन्डाफोर र परास्त गर्न विधान महाधिवेशन महत्वपूर्ण भूमिका खेल्ने उनले बताए। 

जनताको बहुदलीय जनवादलाई टेकेर नै समाजवादको बाटोमा पुग्ने उनले बताए। अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा पनि जबजबारे व्याख्या गरेको प्रष्टाए।
 
विधान महाधिवेशनले पार्टी आन्दोलनको आगामी कार्यभार तय गर्ने उनको भनाइ छ। जबज अहिले पनि सान्दर्भिक भएको उनले दाबी गरे। जबज जनवादी कार्यक्रम भएकोले अहिले पनि सान्दर्भिक रहेकाे बादलकाे भनाइ छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.