|

काठमाडौं :  पछिल्लो २४ घण्टामा देशभर एक हजार ७८ कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार ११ हजार सात सय ६५ जनाको कोरोना परीक्षण गरिएकोमा एक हजार ७८ जनामा संक्रमण पुष्टि भएको हो। यस अवधिमा १२ जनाको मृत्यु भएको छ।

पिसिआर परीक्षणबाट आठ सय ९८ र एन्टिजेन विधिबाट एक सय ८० जनामा परीक्षण गरिएको थियो। पछिल्लो २४ घण्टामा नौ सय ११ जना संक्रमणमुक्त भएका छन्।

हालसम्म देशभरबाट सात लाख ६५ हजार सात सय ५८ जना संक्रमणमुक्त भइसकेका छन्।  हालसम्म देशभर ११ हजार एक सय ३५ जनाको कोभिड संक्रमणका कारण मृत्यु भइसकेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.