|

काठमाडौं : दशैं नजिकिएसँगै बजारमा नुनदेखि सुनसम्मका सामानको किनमेल गर्नेको चहलपहल बढेको छ। राजधानीको केन्द्र नयाँ सडकमा त दशैंको रौनक अझै व्यापक छ।

व्यापारीहरूको पनि वर्षभरिको आम्दानी हुने मुख्य समय दशैं, तिहारजस्ता चाडमा नै भएकाले बजार चम्कन थालेको हो। 

दशैं मनाउन केही आम्दानी गर्नुपर्ने भएकाले दशैंको मौका छोपी व्यापार गरिरहेको र राम्रो आम्दानी गरिरहेको व्यापारीहरू बताउँछन्।  कोरोनाले थलिएका व्यापारीहरू चाडबाड नजिकिदै गर्दा मनग्गे आम्दानी गर्न थालेका छन्। 

न्युरोडका पसल, असन र इन्द्रचोकका गल्ली, भृकुटीमण्डपका छाप्रे बजार वा तामझामयुक्त सुपर स्टोर्स सबैतिर किनमेल गर्नेको चहलपहल बढेको छ। 

उपत्यकाका मुख्य व्यापारिक केन्द्रहरू न्युरोड, इन्द्रचोक, रञ्जना, असन, भृकुटीमण्डप, भोटाहिटी, वर्ल्ड ट्रेड सेन्टर, विशाल बजार, भाटभटेनी सुपरमार्केट, सिभिल मल, सिटी सेन्टरलगायतका ठाउँमा किनमेल गर्नेहरूको भिड लाग्न सुरु भइसकेको छ। यो समयमा यी बजारमा अन्य समयभन्दा दोब्बर तेब्बर व्यापार हुने गरेको व्यापारीको भनाइ छ। ​

दशैंमा नयाँ लगाउनुपर्ने र मीठो खानुपर्ने परम्परागत मान्यता रहिआएको छ। यसले बजारमा रौनकता छाउने गरेको छ। 

केही तस्वीर झलक :

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.