|

भारतका स्वतन्त्रता सेनानी सरदार उधम सिंहको जीवनीमा आधारित फिल्म 'सरदार उधम'को ट्रेलर सार्वजनिक भएको छ।

सुजित सरकारको निर्देशनमा निर्मित फिल्ममा विक्की कौशलले मुख्य भूमिका निर्वाह गरेका छन्। फिल्म १६ अक्टोबरदेखि अमेजन प्राइममा हेर्न सकिन्छ।

सन् १८९९ मा तत्कालीन ब्रिटिश इन्डियाको पन्जाबमा जन्मिएका उधम सिंह माइकल ओ'दवायरको हत्याका कारण पनि चिनिन्छन्। जो सन् १९१३ देखि १९१९ सम्म पन्जाबका लेफ्टिनेन्ट गभर्नर थिए।

सन् १९१९ मा भएको अमृतसरको जलियाँवालावाग हत्याकाण्डको बदलामा उधम सिंह र उनका साथीले माइकल ओ'दवायरको हत्या गरेको बताइन्छ।

सन् १९४० मै ओ'दवायरको हत्याको आरोपमा उधम सिंहलाई पनि झुण्ड्याएर मारिएको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.