|

धनगढी : कोरोनाविरुद्धको दुवै डोज खोप लगाएका दुई जना संक्रमितको मृत्यु भएको छ।

पछिल्लो २४ घण्टामा धनगढी उपमहानगरपालिका–३ का ७५ वर्षीय पुरुष र वडा नम्बर ५ का ९० वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको सेती अस्पतालले जनाएको छ।

७५ वर्षीय वृद्धमा १३ गते र ९० वर्षीय वृद्धमा १४ गते कोरोना संक्रमण पुष्टि भएको सेती अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिए। ७५ वर्षीय पुरुषमा स्क्रब टाइफससमेत देखिएको सूचना अधिकारी श्रेष्ठले बताए। दुवैले कोरोना विरुद्धको खोप लगाएको उनले बताए।

अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा ५६ जनाको कोरोना परीक्षण गरिएकोमा १० जना संक्रमित भेटिएका छन्।

अस्पतालमा १२ जना संक्रमित उपचाररत छन्। जसमध्ये पाँच जनाको आइसियूमा र एक जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ। यस्तै आज ६ जना बिरामी भर्ना भएको अस्पतालले जनाएको छ।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.