|

काठमाडौं : चर्चित आधुनिक गायक शिव परियारको पहिलो गीत 'जति बिर्स्यो तिम्रो याद' बोलको गीतमा म्युजिक भिडियो बनेको छ। सुरेश वाग्लेको शब्द तथा शिवकै संगीत रहेको गीतको भिडियो युट्युबमार्फत सार्वजनिक गरिएको हो। 

निकेश खड्काले निर्देशनमा बनेको भिडियोमा पल शाह, आकाश श्रेष्ठ, प्रमिला कार्की, सरोज खनाल लगायतका कलाकारको अभिनय रहेको छ।

भिडियोमा पल र प्रमिला प्रेमी प्रेमिकाको भूमिकामा देखिएका छन्। छुटेकी प्रेमिकालाई बिर्सने प्रयासमा रहेको प्रेमीको दृष्टिविन्दुबाट गीत लेखिएको छ। गीतले वियोगको कथा भने पनि यसको भिडियोलाई भने सुखद अन्त्य दिइएको छ। 

दुई दशकभन्दा लामो समयदेखि संगीत क्षेत्रमा सक्रिय शिवका 'पिलायो साथीले', 'क्या दामी भो', 'फेवातालमा साइँली', 'संगी', 'आँशुको अर्थ' लगायतका दर्जनौँ गीत चर्चित छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.