|

काठमाडौं : कोरोनाका कारण लामो समय सुनसान रहेका नाटकघर फेरि सक्रिय हुन थालेका छन्। यतिवेला राजधानीमा दुईवटा नाटकको नियमित मञ्चन भइरहेको छ। 'हरेक बबाल कुरा' र 'म' यतिवेला मञ्चन भइरहेका नाटक हुन्। 

कथा घेराको नाटक 'हरेक बबाल कुरा' यतिवेला कौसी थिएटर टेकुमा मञ्चन भइरहेको छ। आकांक्षा कार्कीको निर्देशन रहेको नाटकमा सुदाम सिकेको एकल अभिनय रहेको छ। 

यसअघि भदौ २५ देखि असोज १ गतेसम्म मञ्चन भइसकेको नाटक दर्शकको आग्रहमा असोज १५ देखि पुनः मञ्चन भएको हो। 'हरेक बबाल कुरा' डङकन म्याकमिलनको 'एभ्री ब्रिलियन्ट थिङ'को नेपाली अनुवाद हो। जसलाई क्षितिज पराजुली र निर्देशक कार्कीले अनुवाद गरेका हुन्। नाटक २० गतेसम्म मञ्चन हुनेछ।

त्यस्तै सुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको नाटक 'म' पुरानो घर थिएटर सिनामंगलमा मञ्चन भइरहेको छ। असोज १ देखि मञ्चन सुरु भएको नाटक २० गतेसम्म चल्नेछ। 

'म' पुरानो घरमा मञ्चन भएको पहिलो नाटक हो। नाटकमा सुलक्षणको एकल अभिनय रहेको छ। 

कोरोना संक्रमण दर कम भए पनि यसको जोखिम बाँकी रहेकाले नाटकघरमा सम्पूर्ण स्वास्थ्य मापदण्डको पालना गरी सिट क्षमताको आधा मात्रै दर्शकलाई प्रवेश गराइएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.