|

काठमाडौं : नेपाली कांग्रेस बूढानीलकण्ठ नगरपालिकाको नगर सभापतिमा राजाराम बुढाथोकी विजयी भएका छन्।

सभापति पदका लागि शनिबार भएको निर्वाचनमा बुढाथोकी एक सय ५५ मत ल्याई विजयी भएका हुन्। उनका नजिकका प्रतिष्पर्धी राजन बुढाथोकीले ६८ र राजुविक्रम थापाले ४८ मत पाएका छन्।

यस्तै उपसभापतिमा सानुकान्छा श्रेष्ठ र शम्भु कार्की विजयी भएका छन् भने सचिवमा विजेन्द्र श्रेष्ठ र विजेन्द्र पुडासैनी विजयी भए। सहसचिवमा कुमार खड्का र निर्मला आचार्य विजयी भएको निर्वाचन समितिले जनाएको छ। विजयी सबै राजारामकै प्यानल रहेको बताइएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.