|

पर्वत : कोरोना कहरका कारण सुनसान अवस्थामा रहेको धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङमा बिस्तारै पर्यटकीय गतिविधि बढ्न थालेको छ। लकडाउन हटेपछि पर्यटकको चहलपहल बढ्न थालेको हो। 

अहिले दशैंअघिको सोह्र श्राद्ध चलिरहेका कारण यस बेला कागबेनी पुगेर दिवंगत आफन्तलाई पिण्डदान गर्नेको भिडभाड हुने बेला हो। तर, विगतमा वर्षमा जस्तो मानिसको बाक्लो उपस्थिति अहिले छैन। मुस्ताङ छिरेपछि नाका घासामा नै पिसिआर वा एन्टिजेन परीक्षणको गरे÷नगरेको तथा कोरोनाविरुद्धको खोप लगाए÷नलगाएको जाँच गरिएका कारण इच्छुक सबै मुस्ताङ छिर्न पाएका छैनन्।

तर, मुस्ताङ पुगेकाहरूले भने स्वर्गीय आनन्द अनुभूति गरिरहेका छन्। दशैंका लागि बेसीमा झर्दै गरेका च्याङ्ग्राको लाम छिचोल्दै उपल्लो मुस्ताङ पुगेर प्रकृतिलाई नियाल्दाको आनन्द नै बेग्लै हुने गरेको छ।

तस्बिर सौजन्य : मनिता थापा

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.