बाटो बिराएका नेता—कार्यकर्तालाई मूलघरमा फर्कन अध्यक्ष ओलीको आह्वान

|

काठमाडौं : नेकपा एमालेले पार्टीको १० औं राष्ट्रिय महाधिवेशन बुटवलमा गर्ने घोषणा गरेको छ।

प्रथम विधान महाधिवेशनको समापनका अवसरमा एमालेले पार्टीको महाधिवेशन मंसिर तेस्रो साता बुटवलमा गर्ने निर्णय गरेको हो।

गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा सम्पन्न महाधिवेशनको समापन समारोहमा अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय महाधिवेशन बुटवलमा हुने घोषणा गरेका हुन्। 

पार्टी अध्यक्ष कमरेड केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदनमा उठेका जिज्ञासाको जवाफ दिँदै जनताको बहुदलीय जनवाद कठिन वर्गसंघर्षबाट प्रतिपादित सिद्धान्त रहेको उल्लेख गर्नुहुँदै समाजवाद निर्माणका लागि पार्टीको स्पष्ट धारणा रहेको बताए ।

श्रमजीवी वर्गको हित रक्षाका लागि सिद्धान्त र व्यवहारलार्ई अघि बढाउँदै कार्यक्रमका रुपमा आएको जनताको बहुदलीय जनवादलाई अहिले मार्गदर्शक सिद्धान्तका रुपमा पार्टीले अंगिकार गरेको र यसले द्धन्दात्मक भौतिकवाद र बहुदलीय प्रतिस्पर्धालाई अवलम्वन गरेको बताउदै अध्यक्ष ओलीले यो जडसूत्र होइन, यसले जीबनको गतिसँगै परिवर्तनलाई आत्मसात गरेको पनि उल्लेख गरे।

नेपाली समाज समाजवाद उन्मुख दिशामा रहेको प्रसंग उल्लेख गर्दै उनले नागरिकले सम्मानजनक जीवनयापन गर्न पाउने अधिकारसहितको अवस्था सिर्जना गर्नु नै समाजवादउन्मुख अवस्था भएको बिचार व्यक्त गरे।

आफ्नो नेतृत्वको सरकारले धेरै काम गरेको उल्लेख गर्दै अध्यक्ष ओलीले नागरिकका आधारभूत अधिकारका रुपमा रहेको गास, बास, आवास, शिक्षा, स्वास्थ्य, रोजगारी लगायतका क्षेत्रमा उल्लेखनीय काम भएको दावी गरे।

समाजवादमा पुग्न राष्ट्रिय पुँजीको विकास गर्न एमाले प्रतिबद्ध रहेको वताउँदै अध्यक्ष ओलीले सम्पूर्ण कार्यकर्तालाई उत्पादनमुलक कार्यमा जोडिन आह्वान गरेका थिए ।

अध्यक्ष ओलीले हाम्रो पार्टी व्यक्तिपूजक होइन, यसले सामुहिकतामा विश्वास गर्छ र त्यही अनुरुप पार्टी सञ्चालन गर्ने वताउँदै सांगठनिक अराजकतालाई अन्त्य गर्ने समेत उल्लेख गर्न पछि परेनन् । उहाँले आफ्नो कुनै व्यक्तिगत स्वार्थ नरहेको र पार्टीलाई आगामी निर्वाचनमा स्पष्ट बहुमतमा पु¥याउने एकमात्र ध्येय रहेको बताउँदै अहिले पनि ५१ प्रतिशत जनता एमालेको पक्षमा रहेको दावी गरेका थिए ।

पार्टीमा योग्यता, क्षमता र योगदानका आधारमा जिम्मेवारी दिने विषयमा कुनै भेदभाव नहुने बताउँदै पार्टी अध्यक्ष ओलीले नेकपा एकिकृत समाजवादीमा गएकाहरुलाई लक्षित गर्दै 'भ्रममा परेका र बाटो बिराएका नेता—कार्यकर्तालाई मूलघरमा फर्कन' आह्वान गरेका थिए ।

 

 

 

 

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.