|

काठमाडौं : बलिउड फिल्म 'उचाइ'को छायांकन गर्न कलाकार नेपाल आउने क्रम सुरु भएको छ।

फिल्मका निर्देशक सुरज बडजात्यासहित अनुपम खेर, परिणीति चोपडा, बोमन इरानी, सारिका हसनलगायत कलाकार नेपाल आएका छन्। 

फिल्ममा अमिताभ बच्चन र डेनी डेनजोङ्पाको मुख्य भूमिका रहने बताइएको छ।

अमिताभ र डेनी दुवै जना भने केही दिनपछि आउने निर्माण टोलीले बताएको छ। 

विशेषगरी लुक्ला, लाङटाङ, मनाङ, मुस्ताङलगायत नेपालका हिमाली क्षेत्रमा छायांकन हुने फिल्मको केही भाग काठमाडौंमा पनि छायांकन हुने छ। 

४० दिनमा छायांकन सक्ने योजनासहित आएको उचाइ टोलीको नेपाल बसाइको सम्पूर्ण व्यवस्था थ्रि ह्विलर्स कम्पनीले गरिरहेको छ।

'मेने प्यार किया', 'हम आपके हैं कौन', 'हम साथ साथ हैं' लगायत सफल र चर्चित फिल्म लेखन तथा निर्देशन गरेका सुरजको यो आठौं फिल्म हो।

यसअघि सन् २०१५ मा सलमान खानको मुख्य भूमिका रहेको उनको फिल्म 'प्रेम रतन धन पायो' प्रदर्शनमा आएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.