|

पर्सा : दुर्गम जिल्लामा खाद्यान्न नपुगेर हाहाकार भइरहे पनि सुगम जिल्लाका खाद्य व्यवस्था तथा व्यापार कम्पनीको गोदाममा चाडपर्वका बेला पनि चामल किन्ने उपभोक्ता नपुग्ने गरेको भेटिएको छ। 

मध्य तराईको पर्सा, बारा र रौतहटका उपभोक्तालाई लक्षित गरी पर्सामा रहेको राज्य मातहतको खाद्य व्यवस्था तथा व्यापार कम्पनीमा चाडपर्वलाई लक्षित गरी उपभोक्ताका लागि बिक्री खुला गरिएको छ। तर, असोज १ देखि चाडपर्वलाई लक्षित गरी खाद्यान्न छुटसहित बिक्री खुला गरिएको कम्पनीबाट १८ दिनको अन्तरालमा जम्मा साढे चार क्विन्टल मात्र विक्री भएको छ। बिक्री भएको चामल पनि स्टिम जिरा मसिनो चामल रहेको कम्पनीका प्रमुख विकास कटुवालले बताए। 

चाडपर्वका समयमा राज्यको तर्फबाट दिएको छुटको चामल किन्न उपभोक्ता आउने नै नगरेको त्यहाँका कर्मचारीले बताए। चाडपर्वलाई लक्षित गरी कम्पनीले तीन हजार क्विन्टल सोना मन्सुली, चार हजार क्विन्टल स्टिम जिरा मसिनो र एक हजार क्विन्टल बासमती चालम कम्पनीले मौज्दात राखेको छ। तर, उपभोक्ताको ध्यान अझै राज्यको सस्तो बिक्री कक्षतर्फ नपुगेको साविकको खाद्य संस्थान हालको कम्पनीका प्रमुख कटुवालले बताए। 

खुला सीमाको फाइदा उठाउँदै उपभोक्ता ठग्न पल्केका खाद्यान्नको कारोबारीको चंगुल र घर छेउबाटै अलि बढी मूल्यमा नै भए पनि किन्न बानी परेका उपभोक्ताहरुका कारण मिसावट नभएको खाद्य व्यवस्था तथा व्यापार कम्पनीको चामल यत्तिकै थन्किएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.